बेलायती मन्त्रीद्वारा नेपाली सेनाको प्रशंसा, नेपाली सेना भनेको विश्वकै आँटिलो सेना (पुरा विवरण हेरी शेयर गर्नुहोस्)


प्रकाशित मिति : फाल्गुन २१, २०७५ मंगलबार

बेलायती रक्षा राज्यमन्त्री मार्क लङ्कास्टरले नेपाली सेनाको प्रशंसा गर्दै नेपाल र ब्रिटेन विश्वकै दुई महान मुलुकहरु भएको बताएका छन्।

लन्डनस्थित नेपाली दूतावासद्वारा नेपाली सेना दिवसको अवसरमा सोमबार आयोजित एक समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाल तथा बेलायतबीचको सम्बन्ध २०० वर्षभन्दा पुरानो रहेको बताउँदै गोर्खा बाहेक अरु क्षेत्रमा पनि दुई देशबीच निकट सम्बन्ध रहेको बताए।

१४ पटक नेपालको भ्रमण गरेका लङ्कास्टर गत साता मात्रै नेपालको भ्रमण गरेर ब्रिटेन फर्किएका थिए। लङ्कास्टरले आफ्नो नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका उच्चपदस्थअधिकारीसँग भेटवार्ता गरेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी बेलायती सेनाका भूतपूर्व कर्णेल पनि हुन्। लङु्कास्टरले ३१ वर्षअघि हङकङमा ब्रिटिश गोर्खा इन्जिनियर्समा भर्ति भएपछि आफूले गोर्खा सैनिक सँगै काम गरिरहेको बताए। तर उनले भूतपूर्व गोर्खाहरुका मागबारे भने केही बोलेनन्।

ब्रिटिश सेनाका लेफ्टिनेन्ट जेनरल निकोलस आर्थर विलिअम पोपले संयुक्त राष्ट्रसंघ शान्ति सेनामा सबै भन्दा बढी सैनिकहरु पठाउने मुलुकमा नेपाल पाचौँ स्थानमा रहेको पनि बताए। उनले नेपालमा पूर्वाधार, प्रकृति संरक्षण तथा विपद व्यबस्थापनमा नेपाली सेनाले गरिरहेको कामको पनि प्रशंसा गरे।

लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल कुमार बहादुर थापाले नेपाल राज्यको एकीकरण देखिनै नेपाली सेनाले देशको एकता र अखण्डताको जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको बताए।

उनले नेपाली सेनाका ५ हजार १ सय १३ जना सैनिकहरुले संयुक्त राष्ट्र संघ शान्ति सेनामा काम गरिसकेको बताउदै ती मध्ये ६३ जना को शान्ति सेनामा खटिई रहेकै बेला निधन भएको पनि जनाए। नेपाली सेना र ब्रिटिश सेना बीच एतिहसिक सम्बन्ध रहेको बताउदै कर्णेल थापाले दुवै सेना बीच संयुक्त सैनिक अभ्यास, तालिम लगाएतका क्षेत्रमा सहकार्य भै रहेको बताएका थिए।

बेलायतकालागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुबेदीले नेपाल तथा बेलायतबीच निकट तथा घनिष्ट सम्वन्ध रहेको बताउँदै नेपालको विकास अभियानमा बेलायती सरकार तथा जनताले पुर्याएको सहयोगको प्रशंसा गरे। उनले दुई सेनाबीच पनि सुमधुर सम्वन्ध रहेको बताए।

ब्रिटिश राजकुमार ह्यारीलाई उद्धृत गर्दै उनले गोरखा सैनिकहरु दुई देशबीचको सम्वन्धको आधारको रुपमा रहेको बताए। राजदूत सुवेदीले सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागिरहेको बताउँदै भ्रमण गर्न निम्तो पनि दिएका थिए। कार्यक्रममा ब्रिगेड अफ गुर्खाजका युवा सैनिकहरुले खुकुरी नृत्य प्रदर्शन गरेका थिए।

नेपाली दूतावासका प्रवक्ता शरद आरणले संचालन गरेको कार्यक्रममा लन्डनस्थित विभिन्न देशका दूतावास र हाइ मिसनका मिलिट्री अटयाचीसहित नेपाली समुदायका अगुवाहरुको पनि सहभागिता थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com