अमेरिकामा ३४ बर्षीय प्रोफेसरले विद्यार्थीको बच्चा बोकेर पढाएपछि
प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

अमेरिकाको एटलान्टामा ३४ बर्षीय प्रोफेसर नाथन अलेक्जेण्डरले विद्यार्थीको बच्चा बोकेर पढाएपछि उनको चौतर्फी प्रशंसा भएको छ । बच्चा हेर्ने मान्छे नपाएपछि वायन हायरले आफ्नी छोरीलाई कक्षामा नै लिएर गएका थिए ।
बच्चाका पितालाई कक्षामा सहज होस् भन्ने उद्देश्यले प्रोफेसरले ५० मिनेटको पूरै कक्षा बच्चीलाई बोकेर नै पढाएका थिए । गणितका प्रोफेसर अलेक्जेण्डरका आफ्ना बच्चाबच्ची नभएपनि उनले विद्यार्थीको बच्चा बोकेर पढाउँदा कुनै अवरोध आएन ।
बच्ची रुने हुन् कि भन्ने चिन्ता भएपनि बच्चीले राम्रोसँग व्यवहार गरेको र कक्षाको अन्त्यतिर बच्ची निदाएको जनाइएको छ । सामाजिक सञ्जालमा प्रोफेसरको यस्तो कार्यको निकै प्रशंसा गरिएको छ ।