सोमबार न्युयोर्क सिटी र लङ आइल्याण्डका युएससीआईएस र एसाइलम अफिस बन्द


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

सोमबार खराब मौषमका कारण न्युयोर्क सिटी र लङ आइल्याण्डमा रहेका युएससीआईएसका फिल्ड अफिस र एसाइलम अफिसहरु बन्द भएका छन् । युएससीआईएस प्रवक्ता क्याथरिन टिकचेकका अनुशार मार्च ४ सोमबारका लागि तय भएका सबै अप्वाइन्टमेन्टहरु अर्को मितिका लागि तय गरिनेछन् ।

खतरानक मौषमको अवस्थामा आवेदकहरु युएससीआईएसका फिल्ड अफिस र एसाइलम अफिसमा जाने झन्झटमा नपरुन् भन्ने उद्देश्यले क्याथरिन टिकचेकले खबर फैलाउन समेत अनुरोध गरेकी छिन् । नेवार्कको युएससीआईएस फिल्ड अफिस विहान १० बजेदेखि खुल्ला रहेपनि न्युजर्सीको एसाइलम अफिस भने सोमबार बन्द भएको छ ।

सोमबार अप्वाइन्टमेन्ट भएकाहरुले नयाँ मितिसहित केहीदिनभित्र पत्र प्राप्त गर्नेछन् । आवेदकले छुट्टै केही पहल गर्न आवश्यक नभएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com