सोनु निगमको नेपालमा खिचिएको म्युजिक भिडियो ‘शिव शंकरा’ सार्वजनिक (भिडियोसहित)


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

भारतका चर्चित गायक सोनु निगमले केही समय अघि नेपालमा आएर सुटिङ गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । टाइम्स म्युजिकस्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मा रिलिज गरिएको थियो ।

उनले महाशिवरात्रीको तीन दिन अघि भगवान शिवको नाममा म्युजिक भिडियो तयार पारेका हुन् । सोनु निगमको आवजमा सजिएको यो गीतको म्युजिक भिडियो नेपालको सुन्दर पर्यटकीय स्थल पोखरामा खिचिएको हो भने निकै नै सुन्दर दृश्यहरुदेखाइएको छ भिडियोमा ।

यो गीतका लेखक व्यापारी बसन्त चौधरी हुन् । सोनु निगमले यो गीत आफ्नी आमालाई समर्पण गरेको बताएका छन् । उनी केही दिन अघि नेपाल आएर सुटिङ गरेका थिए भने सुटिङको क्रममा उनी बिरामी भएर अस्पताल समेत भर्ना भएका थिए ।

हेर्नुस् भिडियो :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com