अपडेट : अलाबामामा भयानक आँधीका कारण १४ को मृत्यु, कम्तीमा ४० घाइते


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

अमेरिकाको अलाबामामा आइतवारको भयानक आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । घाइतेहरुको संख्या अझ बढी भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा बालबालिकाहरु समेत रहेको जनाइएको छ ।

आँधीले अस्थायी घरहरु भत्काएको छ भने ठाउँठाउँमा रुखहरु ढालेको छ । विनाशकारी मौषम जर्जिया, फ्लोरिडा र साउथ क्यारोलिनातिर फैलिएको मौषमविदहरुले जनाएका छन् । अलाबामा ११ हजारको घरमा विजुली काटिएको छ भने जर्जियामा २५ हजारका घरमा अन्धकार भएको जनाइएको छ ।

अलाबामाको लिओ काउन्टीमा दजनौं आपतकालिन उद्दारकर्ताहरुलाई बोलाइएको थियो । आँधीको विनाशका कारण कैयन मान्छेहरु घाइते समेत भएका छन् । लि काउन्टीमामात्र डेढसयजना उद्दारहकर्ताहरु परिचालन गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com