अबिरलः जसले कोरियन बक्सरलाई ढाले र फहराए जापानमा नेपाली झण्डा


प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार

जापानको नागोयामा शनिबार भएको व्यवसायिक किक बक्सिगं खेलमा हिमाली चितुवाको नामले परिचित नेपाली खेलाडी अबिरल घिमिरेले कोरियाका चर्चीत किक बक्सरसंगको खेल जितेका छन् ।

करिव दुई दर्जन व्यवसायिक किक बक्सिगं खेलमा भिडिसकेका कोरियाली खेलाडी जुंग ओ जिमलाई नक आउट गर्दै उनले नेपाली झण्डा फहराएका हुन् ।

नागोया स्थित नागोया कंग्रेस सेन्टर मा शनिबार भएको खेलमा १९ बर्षिय उनले कोरियन खेलाडिलाई दुई मुक्कामा ढालेका थिए । उनलाई हौसला प्रदान गर्न दुई दर्जन बढी नेपालीहरु खेल स्थलमा पुगेका थिए ।

हेर्नुहोस् भिडियोः

 

 

जापानमा कोरियाली किक बक्सरलाई पराजित गरेपछि छोटो प्रतिक्रिया दिंदै अबिरलले सबै जापानवासी नेपालीको माया र साथ अनि आफ्नो मेहनतले नेपाली झण्डा फहराउन सकेको बताएका छन् ।

आफ्ना बुवा नेपालको पहिलो के वन खेलाडीको रुपमा परिचित देव घिमिरेसँग जापानमै रहँदै आएका अबिरलले आफ्नै बुवाले सञ्चालन गर्दै आएको सिमुरा डोजोसँगै जापानी प्रशिक्षकहरुसँग समेत प्रशिक्षण लिंदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com