नेकपा नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक
प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निकै नाजुक रहेको अस्पतालले जनाएको छ । ८३ वर्षीय अधिकारीको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई बिहीबारदेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा राखिएको छ।
अधिकारीकाे स्वास्थ्य अवस्थाबारे अस्पताले शनिबार जानकारी दिंदै सम्पूर्ण प्रयासका बावजुद उनलाई बचाउने सम्भावना न्यून रहेको जनाएकाे छ ।
श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या भएका अधिकारीलाई सम्भव भएसम्म सम्पूर्ण विधि अपनाउँदा समेत स्वास्थ्य अवस्था खस्किंदो स्थितीमा रहेको अस्पतालका मेडिकल डिरेक्टर डा. भाष्करराज पन्तले बताए ।
सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएपछि उनलाई कृतिम श्वासप्रश्वासको लागि भेन्टिलेटरमा राखिएको छ ।
२४ घण्टादेखि उनको पिसाब नभएको र रक्तचाप बढाउन औषधिहरु प्रयोग गरिएको अस्पतालद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।