दार्चुलामा भएको दुर्घटनामा म १ ज २८० नम्बरको जिप माहाकाली नदी किनारमा खस्दा ११ को मृत्‍यु


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

हिजो शुक्रबार बेलुका दार्चुलाको राताकाठामा एउटा जिप दुर्घटना हुँदा ११ यात्रुहरुको निधन भएको छ। म १ ज २८० नम्बरको जिप चलाउने चालक  दीपक धामी उक्त दुर्घटनामा गम्भीर घाइते भएको खबर रहेकोछ।

जानकारी अनुशार दार्चुला तिङ्कर सडकखण्डको राताकाठामा शुक्रबार राति ८ बजेतिर जिप दुर्घटना भएको थियो। दुहु गाउँपालिका ३ राताकाठामा दार्चुलाबाट हिकिला गइरहेको जिप दुर्घटना भएको थियो।

दुर्घटनाको खबर पाएपछी जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली दुर्घटना भएको स्थलतर्फ गएको थियो।

घटनास्थलबाट जिप चालक दीपकसिंह धामीलाई उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्यइएको छ। घटनास्थलमा १० शव भेटिएको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका गुल्मपती भिमबहादुर चन्दले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिपमा १४ जना सवार रहेको प्रहरीको भनाइ छ। जिप सडकबाट करिब ५ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ।

राती को समय भएको कारण ले गर्दा हिजो राती उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ थियो र त्यस कारण उद्धार कार्य आज शनिबार गरिने भएकोछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com