कसैलाई काखा, कसैलाई पाखा : नेपाली महिला क्रिकेटरको गुनासो


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ एउटा  टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् । पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको विभेदको दृश्य हो यो ।

थाइल्याण्डमा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको उपविजेता बन्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बिहीबार अपराह्न स्वदेश फर्कियो । महिला टोली अन्तराष्ट्रिय विमानस्थल आइपुग्दा न कुनै खेल पदाधिकारी विमानस्थल पुगे, न त क्रिकेटसँग सम्बद्ध व्यक्ति नै विमानस्थलमा उपस्थित थिए ।

अन्तराष्ट्रिय जगतमा बलियो उपस्थिति जनाउने क्रममा थाइल्याण्डमा भएको आइसिसी टी–२० विश्वकप एशिया छनोटमा उपविजेता हुँदै फर्कियो । आइसिसीकै नियमानुसार शीर्षस्थानमा रहने टोलीमात्र ग्लोबल छनोटका लागि छानिने प्रावधान रहेकाले आयोजक थाइल्याण्ड शतप्रतिशत जित निकाल्दै छनोट भएको थियो ।

नेपाल थाइल्याण्डसँग मात्रै पराजित भयो । जसका कारण १० अङ्क जोडे पनि छनोट नभैइ घर फर्कनुपरेको हो । प्रतियोगितामा नेपालकी रुवीना क्षेत्रीले ह्याट्रिक विकेट लिएर कुवेतविरुद्ध सनसनी प्रदर्शन गरिन् । रुवीना नेपाली महिला क्रिकेट टोलीबाट दुई पटक ह्याट्रिक लिने पहिलो खेलाडी पनि बनेकी छिन् । तर, विमानस्थलमा नेपाली महिला क्रिकेट टोलीलाई स्वागत गर्न कोही नपुग्दा खेलाडीहरु निराश देखिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि समर्थकको पनि बाक्लो उपस्थितिले खेलाडीलाई बाहिर आउन हम्मेहम्मे पर्ने गरेकोमा बिहीबार समर्थकहरु कोही पनि विमानस्थल पुगेनन् । अघिल्लो महिना युएइमा सम्पन्न टि–२० र एक दिवसीय शृङ्खला जितेर स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा रातो कार्पेट नै ओच्छयाइेको थियो । खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना पुगेर विमानस्थलमै व्यक्तिगत रु दश/दश हजार पुरस्कार प्रदान गर्नुभयो ।

यसैगरी सरकारले जनही रु पाँच/पाँच लाख दिने निर्णय गरिसकेको छ । महिला टोलीलाई भने विमानस्थलमा स्वागतसमेत गरिएन । थाइल्याण्डमा बुधबार सम्पन्न छनोटमा उपविजेता बने पनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।

सात राष्ट्र रहभागी उक्त छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधानानुासार आयोजक थाइल्याण्ड शीर्षस्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो । नेपाल थाइल्याण्डसँंग पराजित भए पनि अन्य पाँच खेलमा विजयी भएको थियो ।

महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले पछिल्लो दुई महीना नेपाली महिला क्रिकेट टोलीले उत्कृष्ट खेल खेलेको बताउनुभयो । दुई महीनाबीचमा महिला टोलीले खेलेका १२ मध्ये दुई खेलमा मात्र पराजय भोग्यो । आइसिसीको बरियतामा समेत नेपाल १४ौँ स्थानमा रहनु नेपालका लागि उपलब्धि नै मान्नुपर्छ ।

नेपाली क्रिकेट टोलीकी कप्तान रुवीना क्षेत्रीले छोटो समयमा महिला क्रिकेट टोलीले अन्तराष्ट्रिय क्रिकेटमा क्षमता प्रमाणित गरेको बताउँदै विमानस्थल आइपुग्दा नरमाइलो लागेको प्रतिक्रिया दीइन् । “यस्तै हो भने नेपालमा महिला क्रिकेट पनि छ नभने पनि हुन्छ”, उनको भनाइ थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com