काठमाडौंका सडकमा मगन्तेरहित बनाउने अभियान


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

देशकै राजधानी काठमाडौंका सडक मगन्ते (भिखारी)रहित बनाइने भएको छ । त्यसका लागि प्रहरीले अभियान सुरु गरेको छ । सडकमा हिँड्ने बटुवालाई अनावश्यक दुःख दिने मात्र नभई सहरको सभ्यतामाथि नै प्रश्न उठ्न थालेपछि प्रहरीले मगन्तेलाई पक्राउ गर्न थालेको छ । प्रहरीले मन्दिर र सडकमा माग्न बसेकालाई पनि हटाउने भएको छ । सडकमा बस्ने मगन्ते लागुऔषध दुव्र्यसनीदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।

काठमाडौंमा मात्रै  चार सयभन्दा धेरै मगन्ते

महानगरीय प्रहरी परिसर काठमाडौं र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त पहलमा प्रहरीले मगन्ते पक्राउ अभियान सुरु गरेको हो । पहिलो चरणमा न्युरोड, वसन्तपुर, घन्टाघरस्थित जामे मस्जिदलगायतका ठाउँबाट १६ भन्दा धेरै मगन्तेलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अधिकांश बालबालिका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले मगन्ते निषेधित क्षेत्र निर्माण अभियानअन्तर्गत उनीहरू पक्राउ परेको बताए ।

‘भिख माग्न संविधानले नै रोक लगाएको छ । तर, काठमाडौंका मन्दिर तथा सडकपेटीमा अझै पनि मगन्तेको भिड लाग्ने गरेको देखिन्छ । यसबाट पैदलयात्री आजित हुनुका साथै सहरको सभ्यतासमेत बिगारेको छ ।’ प्रहरीका अनुसार काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते छन् । त्यसमध्ये अधिकांश महिला तथा बालबालिका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीका अनुसार उनी अधिकांश भारतीय मूलका नागरिक रहेको काठमाडौं परिसरका डिएसपी पोखरेलले बताए । ‘काठमाडौंमा मात्रै चार सयको हाराहारीमा मगन्ते रहेको आकलन छ । उनीहरू अधिकांश भारतबाट आएको देखिन्छ । त्यसमा पनि धेरै बालबालिका र महिला छन्,’ उनले भने । याे समाचार टेकराज थामीले नयाँ पत्रिकामा लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com