दमकस्थित आफ्नो स्वामित्वमा रहेका हिमालयन टि गार्डेनमा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण फागुन २२ गतेबाट सुरु हुने भएको छ ।
देश दौडाहाको क्रममा उहाँको पहिले भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो यात्रा सुरु गर्न लाग्नुभएको हो ।
उहाँ केही दिन जनकपुर बसेर सोही होटलबाट मध्यतराईको यात्रा तय गर्न लाग्नु भएको हो । स्रोतका अनुसार २२ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने त्यसको भोलिपल्ट २३ गते सिराहा भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यो समाचार ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।