७२ हजारलाई अमेरिकामा १८ महिना संरक्षणकालागि सिनेटमा दुईदलीय बिल


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

रिपब्लिकन र डेमोक्रेटिक सिनेटरहरुले बिहिबार अमेरिकी सिनेटमा झण्डै ७२ हजार भेनेजुएलाका नागरिकलाई अमेरिकामा अस्थायी रुपमा संरक्षण प्रदान गर्नका लागि बिल पेश गरेका छन् । भेनेजुएलामा व्यप्त अराजकतापछि देश छाडेका उनीहरुलाई अमेरिकामा अस्थायी रुपमा संरक्षण प्रदान गराउनका लागि रिपब्लिकन सिनेटर मार्को रुबियो र डेमोक्रेटिक सिनेटर बब मेनेन्डेजले बिल पेश गरेका हुन् ।

बिल पारित भएमा १८ महिनाका लागि भेनेजुएलाका नागरिकलाई अमेरिकामा बस्न र काम गर्न अनुमति प्रदान गरिनेछ । डेमोक्रेटिक सिनेटरहरु डिक डर्बिन, पेट्रिक लेही र कोरी बुकरले पनि बिलको समर्थन गरेका छन् ।

अन्तर्राष्ट्रिय उद्दार समितिले पनि अमेरिकामा रहेका झण्डै ७२ हजार भेनेजुएलाका नागरिकलाई टीपीएस प्रदान गर्न अमेरिकी सरकारलाई आग्रह गरेको छ । सन् २०१५ मा भेनेजुएलामा आर्थिक संकट सुरु भएयता झण्डै ३४ लाखले देश छाडेका तथ्यांकहरु सार्वजनिक भएका छन् । आगामी बर्षको यतिबेलासम्म ५० लाखभन्दा धेरै बिस्थापित हुने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com