मन्त्री रबीन्द्रलाई अन्तिम श्रद्धाञ्जलीदिन उपप्रधान तथा रक्षामन्त्री पोखरेल सहित दुई नेता पोखरामा


प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार

दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ । उनी अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरामा जानेछन् ।

त्यस्तै, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमका लागि खटाएको छ ।

दिवंगत मन्त्री अधिकारीको आजै पोखराको रामघाटमा अन्त्यष्टि गरिनेछ । रामघाटमा अन्त्यष्टि गर्नुअघि उपप्रधानमन्त्री पोखरेलले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउने छन् भने गौतम र श्रेष्ठले पार्टीको झण्डा ओढाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com