सिंगापुर एयरलाइन्सको प्लेनमा यात्रुको खानामा भेटियो मानिसको दाँत
प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार

सिंगापुर एयरलाइन्सको प्लेनमा एक यात्रुको खाना दाँत भेटिएको छ । ती यात्रु अर्थात ब्रेडली बटनका अनुसार, खाना मुखमा राख्ना साथ खानामा केही कडा चिज महसुस गरे । त्यसपछि निकालेर हेर्दा, त्यो मानिसको दाँत रहेको थाहा भयो ।
मानिसको दाँत आफूले खाना संगै खाएको थाहा भएपछि ब्रेडली बटनलाई वाकवाकी लाग्न थाल्यो । थाहा भएपछी आफू बाँकी यात्रामा बिरामी जस्तै भएको उनी बताउँछन् । उनी आफ्नो घर मेलबर्न फर्किंदै थिए ।
जहाज सदस्यहरुले भने त्यो मानिसको दाँत नभएर ढुंगा भएको हुनसक्ने बताइरहेका थिए । तर ब्रेडली संगै बसेका यात्रुहरुले समेत त्यो दाँत नै रहेको बताएका छन् ।
एयरलाइन्सले ब्रेडलाई ७५ डलरको भौचर दिएको छ, जसले उनले ड्युटी फ्रीको सामान किन्न सक्नेछन् । त्यस्तै, एयरलाइन्सले त्यो वस्तु दाँत हो कि होइन भनेर परिक्षणको लागि पठाएको र घटनाले निकै दुख लागेको बताएको छ । एयरलाइन्सले आफूहरु गुणस्तरीय सेवा प्रदान गर्नको लागि प्रतिबद्ध रहेको समेत उल्लेख गरेको छ ।