बाबा आउने बाटो हेर्दै रवीन्द्रका छोरा


प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार

दिनभर घरमा शुभेच्छुकको भीड लगिरहँदा स्वराज अधिकारी बार्दलीबाट भीङ नियाल्दै थिए । उनी घरी भित्र गएर हजुरआमालाई सुम्सुम्याउँथे त घरी बाहिर आएर भीड नियाल्थे । रवीन्द्रका ८ वर्षीय स्वराज कतै बाबा आइहाल्छन् कि भनेर बिहीबार बाटो हेरिरहेका थिए।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको घरमा दिनभर शुभेच्छुकको भीड लाग्यो । उनीहरुले आमाबाबुलाई भेटेर सान्त्वना दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रवीन्द्रको घरमा पुगेर समवेदना प्रकट गरे बुधबार काठमाडौं लगिएका उनका बाबुआमा बिहीबार फेरि जहाजबाट पोखरा फर्किए । समाचार अन्नपूर्ण पोस्ट्ले छापेको छ ।

जोगिएर हिँड्न सिकाउँथे आफैँ जोगिएनन्

मन्त्री रवीन्द्र अधिकारी जीवीत रहेनन् भन्ने खबर सुनेपछि तत्कालीन माओबादीका कास्की जिल्ला इन्चार्ज कृष्ण धिताल शोकमग्न थिए । उनले सम्झिए, यद्धका बेला पहिलोपटक भेट्दा जोगिएर हिँड्न सिकाएका रवीन्द्र अधिकारी यतिबेला आफैँ जोगिन सकेनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com