हेलिकप्टर दुर्घटनामा परी दिवंगत हुने सातै जनाको शव श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान ८ बजेदेखि टुँडिखेलमा राखिने, श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागि हुने


प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको आज हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम पोष्टमार्टम नसकिएकाले शुक्रबार मात्रै हुने भएको छ । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी समेत आउने कार्यक्रम रहेको छ ।

शवको पोस्टमर्टमको काम ‍आज नसकिने भएकाले आजका लागि तय भएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सरेको हो । श्रद्धाञ्जली कार्यक्रम भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com