सुकेटारबाट मृतकहरुको शव लिएर सेनाको हेलिकप्टर उड्यो


प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार

मौसम सुधार आएपछि हेलिकप्टर दुर्घटनाका मृतकहरुको शव लिएर नेपाली सेनाको हेलिकप्टर सुकेटारबाट काठमाडौंको लागि उडेको छ।

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएपछि उनीहरुको शव संकलन गरी अहिले बिहान मात्र घटनास्थलबाट सुकेटार एअरर्पोट सम्म ल्याईएको थियो।

साँझ सम्ममा ४ र आज बिहान ३ गरी दुर्घटनामा मृत्यु भएका सातैजनाको शव सुकेटारमा ल्याईपुर्याएको केहि समयपछि नै बर्षा,हिमपात र कुहिरोले अवरोध गरेपछि त्यत्तिकै राखिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com