मन्त्री अधिकारीको निधनले प्रदेशका मुख्यमन्त्रीहरु स्तब्ध


प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पर्यटन तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारीको निधनले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफु स्तब्ध बनेका बताउनुभएको छ । आज एक बिज्ञप्ती प्रकाशित गर्दै मुख्यमन्त्री पोखरेलले संघर्ष र संगठनबाट खारिएका अधिकारीको निधनले मुलुकले भरोसायोग्य नेता गुमाएको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले बिज्ञप्तीमा अधिकारीको निधनले मुलुकलाई अपुरणीय क्षति भएको भन्दै अधिकारीले वाम लोकतान्त्रिक आन्दोलन र मुलुकप्रति पु¥याएको योगदानको मुलुकले सधैं सम्झिरहने बताउनुभएको छ ।

तेह्थुमको चुहानडाँडा विमानस्थल निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली आज पाथीभरा दर्शनका लागि गएको थियो । पाथीभराबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । त्यसैगरी दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ,निर्देशक धु्रब मोछिभोया,उपसचिव युवराज दाहाल, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेप्रति पनि मुख्यमन्त्री पोखरेलले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

 

आजै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि बिज्ञप्ती प्रकाशित गर्दै मन्त्री अधिकारी सहित हेलिकप्टर दुर्घटनाबाट निधन भएकाहरु प्रति श्रद्धान्जली ब्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले अकल्पनीय, अप्रत्यासित र दुखद दुर्घटनाका कारण देश र जनता प्रति समर्पित योग्य जननेताको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ। मुख्यमन्त्रीले प्रकाशित गर्नुभएको बिज्ञप्तीमा नीजि क्षेत्रवाट मुलुकको विकासमा समर्पित उद्यमी, राष्ट्रसेवक कर्मचारी तथा हेलीकोप्टर चालकलाई गुमाउनुपरेको उल्लेख गरिएको छ ।
यसै बिच आजै नेकपाका युवा नेता एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर गम्भिर प्रश्न उठाउनुभएको छ । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मौसम खराब हुँदाहुँदै ७ जनालाई किन उडान गरियो भनेर प्रश्न गर्नुभएको हो ।
भट्टराईले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘भीआईपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर कोहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथीभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर, आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’
भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वािर्चत सांसद् समेत हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com