मन्त्री अधिकारीको निधनप्रति राष्ट्रपतिद्वारा समबेदना व्यक्त
प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङ्मा हेलिकोप्टर दुर्घटना भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको दुःखद निधन भएकोमा गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
साथै उक्त हेलिकोप्टरमा सवार अन्य राष्ट्रसेवकहरुको निधन भएकोमा पनि गहिरो दुःख व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।
ताप्लेजुङको चुहानडाँडामा विमानस्थल सम्भाब्यता अध्ययनका लागि पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।