पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको छ। उनी सवार एयर डायनिस्टीको हेलीकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए।

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ। प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com