मुलुकमा ठुलो परिमाणमा विदेशी लगानी आवश्यक परिरहेको बेला सरकारले भने स्वदेशी व्यवसायीलाई नै असर पर्ने गरी कार्गो क्षेत्रमा लगानी स्वीकृत गरेको छ ।
उद्योग विभागले ५० लाख २ करोड रुपैयाँसम्मका पुँजी भएको कार्गो कम्पनीलाई स्वीकृति दिएको पाइएको छ । हालसम्म आधा दर्जन भारतीय तथा चिनियाँ कम्पनीलाई यस्तो स्वीकृति दिइसकेको पाएपछि स्वदेशी व्यवसायीले भने यसको विरोध गरेका छन् ।
व्यवसायीहरुको कार्गो क्षेत्रमा सानो परिमाणमा वैदेशिक लगानी रोक्न उद्योगसचिव यामकुमारी खतिवडा, वाणिज्य तथा आपूर्तिसचिव केदारबहादुर अधिकारीलगायतलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत ध्यानाकर्षण गराउँदै नेपाल फ्रेट फरवार्डस् एसोसिएनले स्वदेशी लगानीलाई हतोत्साहित नगर्न आग्रह गरेको छ । यो समाचार कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।