बेचिएकी चेलीको कारुणिक चित्कार- सुन्दै आङ जिरिङ्ग हुन्छ


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

१७ वर्षीया विपना महतो (नाम परिवर्तन) । परिवारको आर्थिक स्थिति अतिकमजोर भएपछि मामाघरमा बसेकी थिइन् । मामा–माइजूले पनि असाध्यै हेँला गर्न थाले । कुटपिट गर्न थाले । सहनै नसक्ने भएपछि भागेर साथीकोमा पुगिन् ।

पुगिन् । उनीहरु काठमाडौं काठमाडौंमा कोठा लिएर बस्न थाले । आफूभन्दा ठूलो उमेरकी साथीको संगत चेलीबेटी बेचबिखन गर्ने दलाल समूहसँग रहेछ । उनी बारम्बार विदेश–स्वदेश आवत–जावत गरिरहन्थिन् ।

एकदिन साथीले ‘नेपालमा केही हुँदैन, विदेश जानु पछ्र्र’ भनेर सम्झाइन् । अभावमा तडिपरहकी विपना प्रभावित भइन् । र, साथीसँगै भारत गइन् ।उनीलाई मन्दविष खुवाएर बेहोश बनाइएको रहेछ । ब्यूझँदा त उनी सोच्दै नसोचेको संसारमा पुगिसकेकी रहिछन् । अर्थात्, बम्बइको यौनकोठीमा पुगिसकेकी रहिछन् ।

यौन कोठीमा उनले भोगेको अनुभव निकै कारुणिक एवम् दर्दनाक छ । करिब ६ महिनापछि भारतीय प्रहरीले विपनाको उद्दार गरेर नेपाल पठायो । उनलाई यो समाज पुनस्थापित हुन गाह्रो भयो । र त अहिले उनी शक्ति समूहको संरक्षणमा छिन् ।

यिनी चाहिँ सिन्धुपाल्चोककी आइतमाया तामाङ (नाम परिवर्तन) । परिवारले जबरजस्त बालबिबाह गरिदिन खोजेपछि भागेर काठमाडौं आइन् । नौ वर्षीया आइतमायालाई एक महिलाले खुबै माया देखाइन् । पीडामा परेकी आइतमायाको मन पग्लियो ।

ती दिदीले सुरुमा खुबै माया गरेजस्तो गरिन् । शरीरिब विकास गराउन अनेक प्रयास गरिन् । जब आइतमाया हुर्किइन्, फकाएर भारत पु-याइन् । अनि, कोठीमा बेचिदिइन् । उद्दारपछि अहिले आइतमाया पनि शक्ति समूहकै संरक्षणमा छिन् ।

देशभित्रै बेचिएकाको व्यथाः
सिन्धुलीकी १७ वर्षीया सपना प्रजापति (नाम परिवर्तन) । यिनले कलिलैमा बा गुमाइन् । आमाले अर्कैसँग बिहे गरिन् । आमासँगै उनी पनि ‘सौतेनी बा’सँगै गइन् । सौतेनी बाउका भान्जा पर्नेले पैसा दिएर सपनालाई लिएर गए । विद्यालयमा भर्ना भर्ना गरिदिए, ड्रेस पनि किनिदिए । तर, भोलिपल्टदेखि नै घर बाहिर निस्कन निषेध गरियो ।

सुरुमा त उनलाई पढ्न लेख्न पाइने आश जागेको थियो । तर, जब दुधमा मन्दविष घोलेर खुवाउन थालियो । बेहोश बनाएर निरन्तर यौन शोषण हुन थाल्यो । एकदिन छोरी भेट्नका लागि आमा गइन् ।

सपनालाई थुनिएको थियो । आमाले बोलेको सुनेपछि उनी चिच्चयाइन्, कराइन् । र, त्यहाँबाट छुटाउँन सपनाकी आमा सफल भइन् । सपना अहिले शक्ति समूहको संरक्षणमा छिन् । उनीमाथि निरन्तर यौन शोषण गर्ने सौतेनी बाउका भान्जा जेल सजायँ भोगिरहेका छन् ।

मोरङकी १८ वर्षीया कविता मिश्र (नाम परिवर्तन) । हुनेखाने परिवारमा जन्मेकी कविताले पर्याप्त माया÷प्रेम पाइनन् । एक्लोपनले ग्रस्त कविता एकजना ‘बा उमेर’को मान्छेसँगको प्रेममा परिन् ।

उनीहरुबीच विवाह भयो । विवाहपछि काठमाडौंमा बस्न थाले । जसोतसो जीवन चल्दै थियो । एकदिन श्रीमान् भनिएको मान्छे बेपत्ता भए । बेसहरा भएकी कवितासँगै एकजना नजिकिए । र, उनले कवितालाई नजिानिँदो पारामा यौन व्यवसायमा लगाए । उनी पनि उद्दारपछि अहिले शक्ति समूहको संरक्षणमा छिन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com