भारत र पाकिस्तानको युद्धले नेपाललाई पर्ने आर्थिक, राजनीतिक र सामाजिक असर के ?


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

भारत र पाकिस्तानबीच विवादको लामो श्रृङ्खला रहेको छ । जम्मु कास्मिर विवादमा भारत पाकिस्तानबीच तीनपटक भीषण लडाईं भैसकेको छ । पछिल्लो समय यी दुइ मुलुकबीच फेरि विवाद बढेको छ । हालै भारतको पुलवामामा भएको आतंकवादी आक्रमणमा ४० भारतीय सुरक्षा फौजको मृत्यु भएपछि भारत र पाकिस्तानबीच युद्ध जस्तै अवस्था सिर्जना भएको छ ।

भारतीय अर्धसैनिक बल सीआरपीएफका जवानहरू चढेको गाडीको लस्करमाथि पाकिस्तानसमर्थित जैश–ए–मोहम्मद नामक समूहले आत्मघाती हमलामा गराएको भारतले आरोप लगाएको छ । भारतले सो घटनाका निम्ति पाकिस्तानलाई जिम्मेदार ठहर गर्दै सबैप्रकारको सैन्य कारावहीका लागि सेनालाई स्वतन्त्र छोडिदिएको छ ।

पाकिस्तानी सेनाले पत्रकार सम्मेलनमार्फत हमलामा पाकिस्तानलाई जवरजस्ती मुछेको भन्दै आफुमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पुलवामा हमलाले भारतको आन्तरिक सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह उठेको जिकिर गरेका छन् । पाकिस्तान भन्दा सयौं किलोमिटर भारतीय जमिनमा भएको आक्रमणमा पाकिस्तानको कुनै हात नरहेको बरु भारतले नै आफ्नो आन्तरिक सुरक्षा गर्न नसकेको जनरल गफुरले दाबी गरेका छन् ।

दुई आणविक हतियार शक्ति सम्पन्न मुलुक भारत र पाकिस्तानका सशस्त्र फौज युद्धको तयारी अवस्थामा देखिन्छन् । भारतले पाकिस्तानमाथि पुलवामा आक्रमण गराएको आरोप लगाएपछि दुई मुलुकबीच पहिल्यैदेखि बिग्रेको सम्बन्ध झन खराब बन्दै गएको हो । जम्मु कास्मिरमा यस्ता कयौं साना ठुला हिंसात्मक घटनाहरु भइरहन्छन् । एकले अर्कोलाई दोषारोपण गर्छन् तर स्वतन्त्र छानविन हुने गरेको छैन । छुट्टै मुलुकको रुपमा उदायसँगै यि दुई मुलुकबीच मनोवैज्ञानिक रुपमै द्वन्द्व देखिएको बताउंछन् त्रिभुवन विश्वविद्यालयको नेपाल र एशियाली अनुसन्धान केन्द्र सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्की । एक अर्काको विरोधमा आफ्नो राष्ट्रियता मजबुद बनेको मान्दा बारम्बार हिंसात्मक घटनामा वृद्धिभएको बताउंछन् डाक्टर कार्की ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

कुनै समय एउटै देश रहेका भारत र पाकिस्तान सन् १९४७ मा अलगअलग मुलुक बनेका थिए । ७० वर्ष भन्दा अघिदेखि सीमा क्षेत्रमा उच्च सुरक्षा व्यवस्था कायम गरिएको छ । कास्मिरको विषयलाई लिएर त दुई मुलुकबीच तीन पटक युद्ध भैसकेको छ । भारतको राजधानी दिल्लीबाट इस्लामावाद जम्मा ७०० किलोमिटर टाढा भएपनि यी दुइ राष्ट्रबीच सिधा हवाइ उडान छैन । सन् १९४७ को अगस्टमा भारतको विभाजनपछि दुईवटा मुलुक बनेको हो भारत र पाकिस्तान । त्यतिखेर करिब १ करोड २० लाख मानिस शरणार्थी भएका थिए । धार्मिक दंगामा करिब ५ लाखदेखि १० लाखको बीचमा मानिसको मृत्यु भएको थियो ।

दशौं हजार महिला अपहरित भए । सन् १९९९ मा जब ती दुई मुलुकका सेनाले अन्तिमपटक लडेका थिए, त्यतिबेला युद्धको औपचारिक घोषणा भएको थिएन । भारत र पाकिस्तानबीचको तनाव संसारकै सबैभन्दा लामो भूराजनीतिक तनाव हो । यस्ता घटनालाई यि दुवै मुलुकले आफ्नो निर्वाचनको लागि फन्डाको रुपमा पनि प्रयोग गर्ने गरेका छन् । भारतमा लोकसभाको निर्वाचन नजिकिएकोले निर्वाचन अवधिसम्म यस्तै विवादको स्थिति कायम हुनसक्ने सिनास निर्देशक कार्की बताउंन् ।

भारत र पाकिस्तानले आ–आफ्नो पारमाणविक हतियार बनाएका छन् । एक अर्काले पारमाणविक हतियारको धम्की दिदैँ आफुहरु एकअर्काको प्रतिरोधमा तयार रहेको बारम्बार बताइरहेका छन् । यसरी पारमाणविक हतियार सम्पन्न मुलुक आपसमा युद्धका स्थितिमा रहिरहंदा नेपाल लगायतका दक्षिण एसियाली मुलुकलाई असर पर्ने देखिन्छ ।

लामो विवाद समाधान गरेर शान्ति र मेलमिलापको बाटोमा हिंड्नु भारत र पाकिस्तानका जनताको लागि अत्यावश्यक छ । पछिल्लो पुस्तासम्म बाँकी राख्नेगरी तुष पाल्नु विश्व भुराजनीतिको हिसाबले पनि राम्रो छैन । भारत र पाकिस्तानको विवाद र युद्धले नेपाललाई पनि आर्थिक, राजनीतिक र सामाजिक रुपमा प्रत्यक्ष असर पर्न सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com