भारतीय सेनाले गर्‍यो पाकिस्तानी भूमिमा आक्रमण


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा हमला गरेको दाबी गरेको छ । मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले एलओसीको एक ठूलो आतंकबादी क्याम्पमा हमला गरेको दाबी गरेको हो ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार भारतीय सैनिकले एलओसीको आतंकी क्याम्पमा १००० किलो बम खसालेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका छन् । उनले यस घटनाको केही तस्बिर पनि ट्वीट गरेका छन् ।

भारतको १२ मिराज २००० जेट विमानले १००० किलो बम खसालेको बताइएको छ । भारतीय वायुसेनाले भने यसबारेमा पुष्टि गरेको छैन । १४ फेब्रुअरीमा भारतको जम्मू–कश्मीर राज्यको पुलावामा भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल(सीआरपीएफ) का ४० जनाभन्दा बढी जवानको ज्यान गएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com