आज सार्वजनिक बिदा


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

विराटनगर महानगरपालिकाले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन मङ्गलवार महानगरपालिकाभित्र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महानगरको आज बसेको बोर्ड बैठकले स्व पोखरेलको सम्मानमा १९ वडा समितिका कार्यालय, निजी तथा सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

भाषाशास्त्री पोखरेलले गरेको अमूल्य योगदानको सम्मान गर्दै सार्वजनिक बिदा दिइएको उहाँले बताउनुभयो । पोखरेलको आइतबार बिहान १ बजे निधन भएको थियो । स्व पोखरेलले नेपाली भाषा र साहित्यको समृद्धिका लागि दर्जनौँ कृति लेख्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com