चिसो मौसममा स्टाइलिस देखिन ५ टोपी


प्रकाशित मिति : पुस २२, २०७३ शुक्रबार

चिसो मौसम स्टाइलिस देखिन चाहनेहरूका लागि त्यति उपयुक्त समय होइन । यो मौसममा हामीले स्टाइलिस देखिएर मात्र हुँदैन, चिसोबाट जोगाउने उपयुक्त पहिरन छनोट गर्नुपर्छ । स्वेटर, ज्याकेट, बुट या अन्य न्यानो ड्रेस खरिद गर्दा फेसनेवल पनि होस् भन्ने चाहना हुन्छ । तर, चिसोबाट जोगिन प्रयोग गर्ने टोपी खरिद गर्दा भने त्यति वास्ता गरेको देखिँदैन ।

चिसोमा जति महत्व ज्याकेट, स्वेटरको हुन्छ, त्यति नै महत्व टोपीको पनि हुन्छ । यदि सम्पूर्ण ड्रेसअप स्टाइलिस तथा फेसनेवल छ, तर टोपी सामान्य भएमा पूरै लुक्स नै फिक्का हुन्छ । यदि तपाईंसँग पाँच प्रकारका टोपी छन् भने हरेक खालका ड्रेसमा आकर्षक देखिन सक्नुहुन्छ :

कलर्ड बनी
बनी क्याप धेरैजस्तो चम्किलो कलरमा पाइन्छ । यस्तो क्याप वेस्टर्न ड्रेसको साथमा प्रयोग गर्दा निकै सुहाउँछ ।

फर ह्याट
चिसो मौसममा लङ कोट, स्वेटर तथा ज्याकेट लगाउने सौखिनहरूलाई फर ह्याट निकै फेसनेवल देखिन्छ ।

पमपम क्याप
बजारमा पमपम क्यापका धेरै भेराइटी उपलब्ध छन् । आफ्नो ड्रेसलाई सुहाउँदो कुनै पनि स्टाइल लगाउन सकिन्छ ।

हेड ब्यान्ड
हेड ब्यान्ड प्रयोग गर्दा फरक लुक्स त देखाउँछ नै, साथमा चिसो हावा टाउकोमा आउनबाटसमेत बचाउँछ ।

ग्राफिक क्याप
यदि चिसो मौसममा अन्य व्यक्तिभन्दा निकै फरक लुक्स चाहनुहुन्छ भने ग्राफिक क्याप उपयुक्त विकल्प हो । यसले समूहमा पनि भिन्न लुक्स दिन्छ । नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com