पश्चिम सेती नबन्नु दुर्भाग्यपूर्ण : संयोजक भट्टराई


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सुदूरपश्चिमको विकासको मेरुदण्डका रुपमा रहेको पश्चिम सेती परियोजना नबन्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।

दीपायलमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले राजनीतिक दलका नेताको खिचातानीका कारण पश्चिम सेती बन्न नसकेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा चिनियाँ कम्पनीसँग पश्चिम सेती बनाउने सम्झौता भएको थियो, तर नेताहरुले खिचातानी तथा अड्चन गरेका कारण त्यो काम गर्भमै तुहियो ।”

पूर्वप्रधानमन्त्री भट्टराईले दीपायलबाट प्रदेश राजधानी कैलाली सारिनु यहाँका जनतालाई ठूलै धोका भएको समेत बताउनुभयो । उहाँले सरकार तथा राजनीतिक दलका नेताहरु जनताको मर्काभन्दा पनि आफ्नो स्वार्थमा बढी हिँडिरहेको आरोप लगाउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com