नेपाली ट्रेकिङ गाइडलाई विश्वव्यापी मान्यता


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

२२ हजार नेपाली ट्रेकिङ गाइडले अब विश्वभरि इन्टरनेसनल माउन्टेन लिडरको मान्यता पाउने भएका छन्। देशमा मात्र सीमित ट्रेकिङ गाइडलाई नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले युनियन अफ इन्टरनेसनल माउन्टेन लिडर एसोसिएसन (यूआईएमएलए) को पाठ्यक्रमअनुसार तालिम दिएर विश्वव्यापी मान्यता पाउने माउन्टेन लिडर बनाउने तयारी गरेको छ।

विश्वभरिका ट्रेकिङ गाइडको संगठन यूआईएमएलएको पाठ्यक्रमअनुसार तालिम लिएर सदस्य बनेपछि नेपाली ट्रेकिङ गाइडले पनि विश्वभरि मान्यता पाउने व्यवस्था छ। यूआईएमएलएमा २४ देश सदस्य छन्। यूआईएमएलएले स्वीकृत गरेको पाठ्यक्रमअनुसार यस वर्ष ७ सय ५० गाइडलाई तालिम दिएको र आगामी वर्ष विश्वव्यापी मान्यता पाउने गरी तालिम गर्ने तयारी थालेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका प्रशासकीय अधिकृत उत्तम भट्टराईले बताए। ‘ट्रेकिङ गाइडलाई देशभित्र मात्र सीमित पार्नुहुँदैन, यूआईएमएलएले नेपाललाई सदस्य बनाउनेमा दुईमत छैन। त्यसैले हामीले पहल थालेका हौं, अब माउन्टेन लिडरका रूपमा विश्वभरि काम गर्न पाउनेछन्’, उनले भने।

पर्यटन ऐन २०३५ ले पथ प्रदर्शक उल्लेख गरे पनि पर्यटन विभागले टुर, सिटी, ट्रेकिङ र पोर्टर गाइडमा वर्गीकरण गरी इजाजत दिँदै आएको छ। विभागका अनुसार २२ हजार गाइड छन्। ट्रेकिङ गाइडलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले तालिम दिएपछि पर्यटन विभागले इजाजत दिन्छ। सरकारले ५ वर्षको इजाजत दिन्छ। नवीकरण गर्न गाइडलाई पुनर्ताजगी तालिम दिएर भए पनि दक्ष जनशक्ति उत्पादन गर्ने पर्वतीय प्रशिक्षण प्रतिष्ठानको तयारी छ। गाइडलाई यूआईएमएलएले पदयात्रा व्यवस्थापक मान्ने गरेको छ।

तालिम र इजाजत प्राप्त दक्ष गाइड बढ्दा पदयात्रीको सुरक्षा बढेको, व्यक्तिगत दुर्घटना बिमाको अनिवार्य व्यवस्था भएको र        श्रम ऐनअनुसार पारि       श्रमिक पाउन थालेको नेपाल ट्रेकिङ गाइड एसोसिएसनका अध्यक्ष कर्ण घलेले बताए। औपचारिकताका लागि सामान्य जानकारी मात्र दिने तालिम नेपाली गाइडलाई दिँदै आएकाले यूआईएमएलएले आफ्नो मापदण्डअनुसार नभएको जनाएको छ। हिउँको अवस्था जानकारी, पदयात्रा व्यवस्थापन जस्ता पक्ष यसअघिका तालिममा थिएनन्। फिल्डमा गरिने प्रयोगात्मक तालिम नहुने र परीक्षामा सहभागी सबैलाई उत्तीर्ण गराउनाले तालिम गुणस्तरीय नभएर संख्यात्मक मात्र भएको गाइडहरू नै आरोप लागेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सहभागिताका आधारमा असफल र प्रयोगात्मक कक्षालाई प्राथमिकता दिन थालेको छ। तर नाथमले प्रयोगात्मक र फिल्ड अभ्यासलाई खासै प्राथमिकता नदिएको सहभागी बताउँछन्। ५८ नेपाली गाइडले विश्वभरिका हिमालमा काम गर्ने अन्तर्राष्ट्रिय गाइडको इजाजत पाएका छन्। यसैका आधारमा सरकारले अन्तर्राष्ट्रिय माउन्टेन गाइडलाई मान्यता दिएर छैटौं तहको प्रमाणपत्र दिने निर्णय गरेको छ।  अन्नपूर्णपोष्टबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com