आइतबार रातीदेखि सोमबार बेलुकासम्म न्युयोर्कमा हुरीबतास, हरिकेन जत्तिकै शक्तिशाली
प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार
आइतबार रातीदेखि सोमबार बेलुकासम्म न्युयोर्क सिटीमा तीब्र गतिमा हुरीबतास चल्ने चेतावनी मौसमविदहरुले दिएका छन् । आइतबार राती १० बजेदेखि सोमबार बेलुका ६ बजेसम्म ६० माइल प्रतिघण्टाको गतिमा हावाहुरी चल्नसक्ने जनाइएको छ ।
५८ माइल प्रतिघण्टाभन्दा माथिको हावाहुरीमा रुखहरु ढल्ने, बिजुली बत्ति प्रभावित हुने र गाडीहरु बत्तिने खतरा रहने भएकाले यात्रा गर्दा कठिनायी हुने जनाइएको छ । न्युयोर्कको अपस्टेटमा हरिकेन जत्तिकै शक्तिशाली हावाहुरी चल्ने अनुमान गरिएको छ । पश्चिमबाट प्रतिघण्टा ७५ माइलको गतिमा हावाहुरी आउने जनाइएको छ ।

लेक ओन्टारियोमा २८ फिटसम्मको तरंग उत्पन्न हुँदा त्यसक्षेत्रमा बाढी समेत आउने खतरा रहेको छ ।
विहान १० बजेपछि न्युयोर्क राज्यका थ्रोवे, इन्टरस्टेट हाइवे र अरु स्टेट हाइवेहरुमा रित्ता ट्रकहरुमा प्रतिबन्ध लगाइएको छ । बफेलो स्काइवेमा दिउसोदेखि नै सबै यातायातमा प्रतिबन्ध लगाइएको छ । कैयन पार्कहरु पनि बन्द गरिएको छ ।
![]()
सोमबार न्युयोर्कको तापक्रमपनि माइनस ४ डिग्री सेलिसयससम्म हुने अनुमान गरिएको छ । मंगलबार माइनस ६ डिग्री सेल्सियसहुँदै यो साताभरी नै अत्याधिक चिसो हुने अनुमान गरिएको छ ।






