‘आर्थिक अभाव भएपछि न बाउको क्रिया, न आफ्नो इलाज’ सहयोगको लागि अपिल …


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ डिभर्ना ठुटेपिपल निवासी ४१ बर्षीय मोहन प्रसाद श्रेष्ठ बिगत एघार महिना पहिला घाँस काट्ने क्रममा बिडुल्नाको बोटबाट लडेका थिए।हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेका मोहन श्रेष्ठ परिवारका कान्छो छोरा समेत रहेका उनको कम्मरदेखि तलको भागले काम गर्दैन। स्पाईनल कर्ड ईन्जुरीको कारण उनी यसरी थला परेका हुन्।

पटक पटक उपचार गराउँदा पनि निको हुन सकेको छैन। उनको कम्मरदेखि तलको भागमा ठुला ठुला घाउ समेत बनेका छन्। उनलाई आफ्नो मात्र पीडा छैन मोहन ओछ्यानमा छटपटाईरहेका बेला गत फाल्गुन ६ गते उनका बुबा ७८ वर्षीय जिबलाल श्रेष्ठको निधन भयो।पत्रकारसंग रुदै उनी भन्छन्, ‘मलाई छोरो भएर बाँच्नुको कुनै अधिकार छैन बाउको काजक्रिया समेत गर्न सकिन्न। नसाथमा पैसा छ, नमर्न सके नबाच्न नैसके।’

परिवारमा पीडामा फेरी अर्को पीडा थपिएको छ। उनका हात खुट्टा नचल्ने हुन आर्थिक अभावमा उनले आफ्नै बुवाको काजक्रिया गर्न समेत सकिरहेका छैनन्। कसैको सयोग गर्नु हाम्रो मानवीय धर्म हो।त्येसैले एक जुट भएर सहयोग गर्न समेत आग्रह गरेका छन्

आधिकारिक जानकारी लिनु परेमा या सहयोग गर्नको लागि

बसन्त श्रेष्ठ (भाइ) ९८५७०६३७६२

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com