३३ किलो सुन छिर्ने एयरपोर्टमा श्रमिकको कोसेली किन छिर्दैन – रेखा थापा (भिडियो सहित)


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

एक-दुई वर्ष श्रम गरेर फर्केका नेपालीलाई एयरपोर्टमा भन्सारका नाममा उनीहरूले ल्याएका सामानमाथि रूखो व्यवहार नगर्न अभिनेत्री रेखा थापाले नेपाल सरकारको ध्यानाकर्षण गराएकी छन्। अभिनेत्री थापाले मंगलबार रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई भेटेर सोसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएकी हुन्।उनले बुझाएको पत्रमा एकदेखि दुई वर्षसम्म श्रम गरि फर्किएका नेपालीको झिटीगुन्टमा सरकारले कर कानुन कार्यान्वयन गराउने काम मानविय नभएको उल्लेख गरेकी छन्।

रेखा थापाले पछिल्लो समय एक टेलिभिजन मार्फत यस्तो भनेका छन् ।

लाखौ ऋण काटेर बाध्यताले कमाउनको लागि बिदेश जाने दाजुहरुको पिडा कति हुन्छ भन्ने मैले बुझेको छु , त्यहि दाजुभाई घर फर्किने बेला खुशी हुँदै भाइबहिनी अामाबुबा श्रीमती छोराछोरीलाई २/३ वटा मोबाइल १/२ पोका चक्लेट लिएर आउँछ त्यो पनि एयरपोर्टमै लुटि दिदा कस्को मन रुदैन होला । नेपाली दाजुभाइ हरुको परदेशमा दुख गरेर केही खुशी लिएर आउँदा एक झोला चक्लेट खोस्ने कस्तो नियम हो सरकार ? ३३ किलो सुन छिर्ने एयरपोर्ट त्यहीँ होइन र एक बोतल रक्सी ल्याउदा त्यो त कोसेलि हो हाम्रो नेपालीको लागि ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com