नेपाल प्रहरीका ६४ इन्स्पेक्टरको डिएसपीमा बढुवा
प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

पाल प्रहरीका ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा बढुवा गरिएको छ। नेपाल प्रहरीको बढुवा समितिको शनिबार बसेको बैठकले ६४ डिएसपी पद खाली रहेको र उक्त संख्यामा रहेका इन्स्पेक्टरहरूको बढुवा गरिएको जानकारी दिएको छ।
इन्स्पेक्टरबाट डिएसपीमा बढुवाको एक नम्बरमा हरि खतिवडा रहेका छन्। उनले प्राप्त गरेको अंक ९८ दशमलव २५ छ। त्यस्तै दोस्रो नम्बरमा मञ्जिल मुकारूङ र तेस्रोमा जागेश्वर भण्डारी छन्। मुकारुङ र भण्डारीले क्रमश ९७ दशमलव २५ र ९६ दशमलव ८३ अंक प्राप्त गरेका छन्।
अन द स्पट
टक अफ द टाउन युएसए – इमिग्रेशन अपडेट