अछामको ढकारी गाउँपालिका–३ मा रहेको एनसेल टावरमा शुक्रबार राति आगजनी गरिएकाे छ । आगजनीबाट एनसेलकाे माेबाइल सेवा अवरुद्ध भएकाे छ ।शुक्रबार मध्यराति गरिएकाे आगजनीबाट साढे दुई मिटर जति तार जलेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
आगजनी नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। ‘अहिले नै कसले आगजनी गर्यो भन्ने स्पष्ट भइसकेको छैन। तर विप्लव निकट नेकपा माओवादीले जलाएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे छ। बाकी अनुसन्धान कै क्रममा छौं,’ अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने।जिल्लामा रहेका अन्य एनसेल टावरमा पनि आगजनी हुनसक्ने भन्दै ती स्थानमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।