एकै रातमा एनसेलका १६ ओटा टावरहरुमाथि आगजनी, हेर्नुहोस् कहाँ कहाँ जलाइए


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

एनसेलका विभिन्न १६ स्थानका टावरहरुमाथि आगजनी भएको छ । अदालतको आदेशपछि पनि कर तिर्न नमानिरहेको एनसेलको देशभरका विभिन्न स्थानमा रहेका टावरमाथि आगजनी भएका छन् । कतिपय ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र विभिन्न अन्य केहि भूमिगत संगठनहरुले एनसेलमाथि आक्रमण सुरु गरेका हुन् ।

१७ टावर जलाइए ! ललितपुरस्थित नक्खुमा रहेको एनसेलको मुख्यालमा बम पड्किएपछि सुरु भएको टावर जलाउने काम अहिले कन्चनपुर, कास्की हुँदै विभिन्न १७ ठाउँमा टावरहरु जलाइएको छ । कञ्चनपुर र कास्कीमा एनसेलका टावरमा शुक्रबार राति आगजनी भएका छन् ।

पोखरा महानगरपालिका-२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको हो । प्रहरी कार्याल सिस्वाका डिएसपी मोहनबहादुर खाँडका अनुसार टावर डाँडामा रहेकाले दमकल पुग्न नपाउँदै टावर जलेर ध्वस्त भएको छ । तर आगजनी कसले गर्यो भन्ने अझै पनि सार्वजनिक भएको छैन ।

बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावर आगजनी भएको छ । यी लगायतगरी कुल १६ ठाउँमा एनसेलका टावरहरु जलाइएका छन् ।

एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि शुक्रबार राति आगजनी भएको छ ।

यता एनसेलको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको हो । एनसेलको टावरमा लगाइएको घेरबारको गेटको ताला फोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरेको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

यस्तै अछाम, कपिलवस्तु, काभ्रे, र रौतहटमा पनि एनसेलका टावरहरु जलाइएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com