जिरो फिगरले होइन आत्मविश्वासले उपाधी जितेकी मोडल रविना (भिडियो)


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

सौन्दर्य प्रतियोगिता भन्नासाथ तपाई हाम्रो दिमागमा ‘स्लिम एण्ड ट्रिम’युवतीहरू -याम्पमा टक….टक..टक.., हिँडेको चित्र घुम्छ । यस्तो हुनु स्वभाविक हो, किनकी हाम्रो समाजले ‘जिरो फिगर’भएका युवतीहरुलाई सौन्दर्यताको आदर्श मान्दैआएको छ ।

सुन्दरताको मापन व्यक्तिको शरीरको आकार अनुसार गर्नु विल्कुनै गलत हो । सुन्दरता जस्तोसुकै आकार भएका युवतीमा पनि निहित हुन सक्छ भन्ने सत्य स्थापित गर्न सिद्धि मिडियाले ‘मिस चब्बी मोडल’ प्रतियोगितबाट सुरु गरेको छ । ‘मिस चब्बी मोडल’प्रतियोगिताले सुन्दरताको लागि जिरो फिगर हुनुपर्छ भन्ने मापदण्ड तोडिदिएको छ ।

मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका युवतीहरुलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मञ्च उपलब्ध गराउने उद्देश्य बोकेर ‘मिस चब्बी मोडल’ प्रतियोगिता गर्नु सौन्दर्यताबारे समाजमा रहेको गलत दृष्टिकोणमाथि धावा बोल्नु हो । यो प्रतियोगिताले मोटोपन भएका युवतीमा आत्मविश्वास बढाएको छ भने सौन्दर्यताका बारेमा मानिसलाई एकस्टेप अगाडि बढेर सोच्न बाध्य बनाएको छ ।

मोटीपन भएका युवतीहरु सुन्दर नठान्नु, समाजिक ब्यावस्थाले स्थापित गरेकोे गलत सौन्दर्य दृष्टिकोण हो । मोटोपन अभिशाप होइन, यो शरीरको आकार मात्रै हो । यो सुन्दरतासँग तुलना गर्ने मानिसको सोच गलत हो भन्ने बुझ्न नसक्दा पनि उनीहरुमा हिनताबोध भएको पाइन्छ । जसको कारण आफुभित्र रहेको क्षमता बाहिर ल्याउन हिचकिचाएको पाइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोटी युवतीहरुको आत्मविश्वास बढाउन,उनीहरुलाई हेर्ने सामाजिक दृष्टिकोणमा बदलाव ल्याउन यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नै मिस चब्बी मोडल २०१९ की बिजेता रविना पोखरेल भन्छन्,‘म सानैदेखि मोटो थिए, जसलको कारण मैले धेरै ठाउँमा अनेकन अप्ठ्याराहरुको सामाना गर्नु परेको थियो । तर, मिस चब्बीको क्राउन शिरमा सजाउँदा म मा आत्मविश्वास दुई गुणा बढेको छ ।’

मोटोपन भएका युवतीलाई समाजले हेर्ने दृष्टिकोणका कारण आफू मोडलिङको फिल्डमा आउँछु होला भन्ने नसोचेको बताउँदै भनिन्‘ मेरो प्लस साइजको कारण मोडलिङको क्षेत्रमा आउँछु भन्ने लागेको थिएन,तर समय अनुसार मानिसको सोच पनि परिवर्तन हुँदैआएको छ, जसको कारण हामीले पनि स्थान पयौँ ।’

सुन्दर देख्ने वा नदेख्ने नजर समाज व्यवस्थाले शक्तिको आधारमा निर्माण गरिएको छ । अझ,अचम्मको कुरा त, पुरुषको मोटोपनलाई स्वास्थ्यसँग जोडिन्छ भने महिलाको मोटोपनलाई उसको सौन्दर्य तथा सम्पूर्ण व्यक्तित्वसँग जोडेर ब्याख्या गरिन्छ ।

सुन्दरी प्रतियोगितामा किन जिरो साइज भएको युवतीको खोजी हुन्छ ? ह्यान्डसम प्रतियोगितामा किन ‘बडी बिल्ड’को प्रदर्शन हुन्छ ? यसलाई पनि मसिनो गरी केलाउन जरुरी छ ।

अर्को कुरा, पुरुषलाई कहिल्यै गुलाफको फूलसँग तुलना गरेको पाउनु भएको छ । वा जिरो फिगर भएको पुरुषको खोजी भएको पाउनु भएको छ, छैन । बरु मानिसहरु केटाहरु लाई देख्न वित्तिकै भन्छन् ‘क्या लायकको रहेछ ।’ यो कुराले प्रष्ट बनाउँछ, सुन्दरताको खोजि पुरुषको दृष्टिकोणबाट भैरहेको छ । जसको भागेदार महिला पनि बन्दै आएका छन् ।

अहिले पनि हाम्रो समाजमा वा आफ्नै घरमा,बुबाआमाले खासगरी छोरीहरुलाई खानाबाट कुनै कुनै रुपले बञ्चित गरेको पाइन्छ । ताकि छोरी मोटो नहोस् । हामीले धेरै पटक सुन्छौँ “नानी धेरै न, खा मोटो भएपछि कसैले बिहे गर्दैनन्” आफ्ना बुबाआमाले भनेको कुरा सुन्दा खासै फरक पर्दैन तर,यो समाजमा मोटोपन भएका युवतीलाई हेर्ने दृष्टिकोणको बिम्ब हो ।

स्लिम युवती नै सुन्दर हुन्छन् भन्ने गलत दृष्टिकोणले जवर्जस्त परेको प्रभाव हो । यसले के देखाउँछ भने जतिनै राम्रो भएपनि मोटोपन भएका युवतीहरुले घरबाहिर मात्र होईन, घरभित्र पनि शरिरको साइजका आधारमा ताना सुन्नु परिरहेको हुन्छ । तर, रविनाको हकमा भने यो लागु हुँदैन । उनलाई यहाँसम्म पुर्याउने उनका बुबाआमा नै हुन ।

कुराकानीको क्रममा उनले भनिन् – ‘२०१०को मिस नेपाल प्रतियोगिता हेरेपछि मलाई यो क्षेत्रमा आउने इच्छा जागेको थियो । मेरो प्लस साइजको कारण यो क्षेत्रमा काम गर्न सक्दैन् भन्ने सोच्दथेँ । तर, मेरो आमा बुबालाई मेरो क्षमतामाथि पूर्ण विश्वास भएर होला, उहाँहरुले मलाई सधै तिमी गर्नसक्छौ । तिम्रो क्षमता छ भन्दै प्रोत्साहित गर्नु हुन्थ्यो, जसको कारण यो स्थानमा छु ।’

२५ जना प्रतियोगिलाई पछिपार्दै रविनाले उपाधि हात पार्दा दर्शक दिर्घमा बसेको उनको आमा सबैभन्दा ठूलो स्वरले चिच्याएको सुन्दा निकै भावुक बनाएको उनले बताइन । उनले मिस चब्बीको उपाधिसँगै मिस ब्युटिफुल स्माइल’, ’मिस बेस्ट -याम्प वक’ र ’मिस पपुलर’को उपाधिसमेत हात पारेकी थिइन ।

रविनाको जिवनको रोलमोडल आफ्नै आमा हुनुहुन्छ । आमा राम्रो गायिक भएको सुनाउँदै भनिन्- ‘आमा मिडिया क्षेत्रमा भएकाले पनि मलाई यो क्षेत्रका बारेमा धेरै कुरा बुझ्न सजिलो भयो ।’ उनलाई नाच्न र ब्याडमिन्टन खेल्नु मनपर्छ । उनको सानोको सपना राम्रो शिक्षिका बन्ने थियो । भन्छन् ‘ठुलो हुँदै जाँदा इच्छा चाहाना बदलिदो रहेछ । म सानोमा शिक्षक बन्न इच्छा थियो । मलाई शिक्षण पेशा निकै मनपर्छ ।’

कक्षा १२ मा अध्यायनरत उनी यो क्षेत्रमा कतारबाट प्रवेश गरेको बताईन । ‘म परिवारसँगै दोहा कतारमा बस्दै आएको थिएँ । युयसबाट डान्ससिंन,मोडलिङको लागि अडिसन लिन आउनु भएको थियो । अडिसन हुँदैछ भन्ने सुनेर परिवारसँगै अडिसन स्थलमा पुगेको थिए । पहिलो राउण्डमा छानिए । दोस्रो राउण्डमा पनि छानिएपछि मेरो करियर सुरुभयो ।’

आफ्ना भावि योजना सुनाउँदै भनिन् ‘मोटो हुनुलाई कमजोरी सम्झिने र मोटो भएकै कारण आत्मविश्वास गुमाएर घरमै सिमित हुँदै आएका युवतीलाई बाहिर ल्याउने, मेरो पहिलो कार्य हो । दोस्रो शरिरको आकार हेरेर सुन्दरता मापन गर्ने, समाजिक दृष्टिकोण तोड्नु । त्यसको लागि अध्यायनमा आफूलाई केन्द्रित गर्ने सोचेको छु । साथै समाजिक कार्यलाई पनि निरन्तरता दिन्छु ।’

२०१६ देखि मोडलिङ क्षेत्रमा लागेकी ‘मिस चब्बी मोडल २०१९‘ की बिजेता रविना भन्छन्, ‘पहिला आफूलाई विश्वास गर्नुपर्दछ अनि मात्र अरुले विश्वास गर्दछन् । यो क्षेत्रमा आउन सबैभन्दा बढी आत्मविश्वास चाहिन्छ ।’

हाम्रो समाजमा मोटो शरीर भएका अधिकांश युवतीलाई ‘हात्ती’ र ‘हिप्पो’को उपनाम दिइन्छ । अझ, मनोरञ्जनको क्षेत्रमा उनीहरुको जतिसुकै क्षमता भएपनि त्यसको ब्याख्या गरिदैन, उनीहरुको शरीरमाथि माजक उडाएको पाइन्छ । हाँसोका पात्रका रूपमा प्रस्तुत गरिन्छ । उनीहरुको प्रतिभावको कदर गरिदैन । उनीहरुकोे मोटोपनकै चर्चा हुन्छ । यहाँसम्मकी उनीहरुको नामले समेत बोलाएको पाइदैन ।

स्कुल,कलेज होस वा सार्वजनिक स्थानमा होस्,मानिसहरु उनीहरुलाई ‘ओई मोटी’ भन्दै सम्बोधन गरेको पाइन्छ । युवतीहरु पनि सुन्दरताको सबैभन्दा ठूलो दुश्मन मोटोपनलाई लिने गरेको पाइन्छ । उनीहरु स्लिम हुनका लागि जिम जाने, दुव्बलाउन विभिन्न उपायहरु अपनाउने गर्दछन् । स्वास्थ्यको हिसाबले हेर्दा मोटोपनको व्याख्या आफ्नो ठाउँमा होला तर, सुन्दरताको हिसाबले गरिने ब्याख्या निकै गलत छ । त्यसलाई तोड्नुनै पहिलो मिस चब्बी मोडल बिजेता रविना पोखरेलको अवसर र चुनौति हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com