नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठनात्मक एकीकरण टुंग्याउन गठित कार्यदल शुक्रबारबाट भंग भएको छ ।
आज बिहान बालुटारमा बसेको नेकपाको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
शुक्रबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल भंग गरिएको र अब कार्यदलको बाँकी काम सचिवालयले नै गर्ने बताउनुभयो। बिहीबार कार्यदल र सचिवालयको संयुक्त बैठक बसेको थियो ।
बैठकमा कार्यदलले एकीकरणको खाका (जिल्लातहको नेतृत्वको सिफारिससमेत) बुझाउन सात दिनको समय माग गरेको थियो ।
कार्यदलको म्याद नथपिएको अवस्थामा माधव नेपाल पक्षधरका सदस्यहरुले छुट्टै समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका छन् । बिहीबारको बैठकमा बोल्ने नेपाल समूहका सबै सदस्यले कार्यदललाई निस्कृय बनाइएको आरोप लगाएका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।