अष्ट्रेलिया जान नक्कली कागज बनाउने कथामा बन्यो ‘कागजपत्र’, ट्रेलर सार्वजनिक (भिडियो )
प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

नेपाली चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । अष्ट्रेलिया जानको लागि नक्कली विवाह गर्ने, नक्कली कागजपत्र
बनाउने अहिलेको बढ्दो प्रचलनलाई चलचित्रको विषयवस्तु बनाइएको बताइएको छ ।
अपिल बिष्टले निर्देशन गरेको ‘कागजपत्र’मा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । कथा पनि निर्देशक विष्ट स्वयम्ले लेखेका हुन् ।
चलचित्र आगामी चैत ८ गते रिलिज हुँदैछ ।