सरकारी इमेलबाट ‘पोर्न र डेटिङ पार्टनर’ खोज्ने साइट कस्ले खोल्छ ?


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

 इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ भन्छ , सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो । साइबर सुरक्षामा काम गेर्न एक कम्पनीले गरेको अध्यनअनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद नार्क, आन्तरिक राजस्व विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकमका संस्थागत इमेल प्रयोग गरी एडल्ट र डेटिङ साइटमा प्रोफाइल तयार पारेको भेटिएको हो ।

सूचना प्रविधि सुरक्षामा कार्यरत कम्पनी ‘थ्रेटनिक्स’ले गरेको अध्ययनबाट सरकारी इमेलबाटै एडल्ट साइटमा प्रोफाइल बनाएको तथ्य फेला पारेको हो ।

‘पदअनुसारको वा व्यक्तिगत खाता प्रयोग गरी जोक पठाउने, अश्लील, लैंगिक, हिंसाजन्य सामग्री पठाउन गर्नु हुँदैन,’ निर्देशिकामा भनिएको छ, ‘निजी प्रयोजनका लागि सामाजिक सञ्जाल र अन्य कुनै पनि प्रकारको विद्युतीय माध्यममा प्रयोग गर्नु हुन्न ।’ सरकारी इमेल खातामा आएको इमेललाई अन्य खातामा पठाउन नमिल्ने कठा व्यवस्था निर्देशिकामा छ । कम्पनीले अनुसन्धान गरे अनुसार केही एडल्ट र डेटिङ पार्टनर खोज्ने भेटियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com