द्वन्द्व प्रभावित बालबालिकालाई नायक पलको सहयोग


प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

नायक पल शाहले बुधबार सर्लाही जिल्लास्थित एक बाल गृहलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेका छन् । द्वन्द्व प्रभावित बालबालिकाको उज्जवल भविष्यको कामना गर्दै पलले सहयोग गरेका हुन् ।

पलले स्थानीय युवा जोनिश पाख्रीनको अगुवाईमा सर्लाहीको हरिवन नगरपालिका–५ स्थित घुर्कौलीमा रहेको बालगृहमा आश्रीत द्वन्द्वपीडित बालबालिकाको लागि १० बोरा चामल तथा कापी र कलम सहयोग गरेका हुन् । सहयोग प्रदान गर्दै उनले बालबालिकालाई राम्रोसँग शिक्षा आर्जनगरेर भविष्यमा असल तथा दक्ष नागरिक बन्न आग्रह गरे ।

पल शाहसहित स्थानीय अतिथिहरुको उपस्थितीमा बालगृहलाई चामल र शैक्षिक सामग्री सहयोग प्राप्त भएको बालगृह सञ्चालक नविन लामाले बताए । सहयोग प्रदान गर्ने सम्पुर्णप्रति लामाले धन्यवाद समेत प्रकट गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com