अमेरिकामा नेपाली समुदायको हितमा ९ नेपाली संचारमाध्यम एकजुट


प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

अमेरिकामा रहेका नेपाली समुदायको हितमा ९ नेपाली संचारमाध्यमहरु एकजुट भएका छन् । न्युयोर्क, टेक्सास र क्यालिफोर्निया लगायतका क्षेत्रबाट संचालित ९ वटा नेपाली र अँग्रेजी भाषाका संचारमाध्यमहरु एकजुट भएका हुन् ।

खसोखास, खुल्लामञ्च, हिमालपाटी, युएस खबर, ह्वाइटहिमाल, युएस नेपाल अनलाइन, नेपलिज डायस्पोरा, नेपालय र द न्युयोर्क सिटी पोष्टले समुदायको हितका लागि सहकार्य गर्ने निर्णय गरेका हुन् । समुदायको बिरुद्धमा हुने गतिविधिको खबरदारी र हितमा हुने गतिविधिको पक्षपोषणका लागि यो एकता कायम गरिएको हो ।

एनआरएन अमेरिकाको आसन्न चुनावमा हुनसक्ने गलत गतिविधिको खबरदारी र सही नेतृत्व छनौटका लागि जनचेतना लगायतका गतिविधिमा समेत ९ मिडियाहरु एकजुट हुनेछन् । त्यस्तै समुदायको हितका अन्य विषयहरुमा समेत एकजुट भएर अगाडि बढ्ने समेत निर्णय भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com