सामाजिक सञ्जाल सम्बन्धि विधेयक नसच्याए अनसन बस्ने डा. केसीको चेतावनी
प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

डा गोविन्द केसीले संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धि विधेयक तत्काल नसच्याए जुनसुकै समयमा १७ औं अनशन थाल्ने चेतावनी दिएका छन् ।
यस अगाडि चिकित्सा शिक्षा विद्येयक आफुसंग भएको सहमति अनुसार आउनु पर्छ भन्दै अनशन बसेका केसी सरकारले माग सम्बोधन नगरेपछि आफैँले गत माघ १८ गते अनशन तोडेका थिए । तर, उनले पुनः बुधबार एक विज्ञप्ती जारी गर्दै आफुले १७ औं अनशनको तयारी गरिरहेको बताएका छन् ।
डा. केसीले विज्ञप्तीमार्फत भनेका छन्, ‘संसदमा दर्ता भएका दुई विधेयकमा हाम्रो गम्भीर आपत्ति छ । जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरकुंश बन्न खोजिँदै छ । नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक हामीलाई कदापि स्वीकार्य छैन । अन्यथा, जुनसुकै समयमा आमरण अनसन सुरु हुनेछ ।’