बा २ ज २२७९ नम्बरका ट्याक्सी चालकले ट्याक्सीभित्र छुटेको यात्रुको लाखौं मूल्यको गहना प्रहरीमार्फत् फिर्ता गरेका छन् । चालक सिमल राईले गुल्मी वाझकटेरी–३ वस्ने वर्ष २८ की वसन्ता भुषालकी बहिनी सोनिया भुषाललाई सामान फिर्ता गरेका हुन् ।
उनले महानगरीय ट्राफिक महाशाखामा आएर आफैं सामान बुझाएको महाशाखाका एसएसपी वसन्त पन्तले जानकारी दिए । वसन्ता बुधबार बिहान अनामनगर भाटभटेनीदेखि नैकापसम्म ट्याक्सीमा गएकी थिइन् । उत्रिँदा उनको सामान ट्याक्सीमै छुटेको चालकले देखेपछि आफैले ट्राफिक महाशाखामा समान पुर्याएका थिए । ट्याक्सीमा १ थान मंगलसूत्र (ठूलो), १ थान सानो मंगलसूत्र, चन्द्रमुखी, तिलहरी, घाँटीको हार लगायत गरी झण्डै साढे ३ लाख बढीको गहना छुटेको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।