फेरी नक्कली नोटको बिगबिगी, पैसा छाप्ने मेसिन सहित श्रीमान श्रीमती पक्राउ हेर्नुहोस !


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

पोखरामा नक्कली नोटको कारोवार गर्ने दम्पती पक्राउ परेका छन् । नक्कली नोट र नोट प्रिण्ट गर्ने रंगीन प्रिण्टर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पोखरा लगायत आसपासका बिभिन्न स्थानमा नक्कली नोटको कारोवार गर्दै आएका उनीहरुलाई जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरेको हो ।

पोखरा १६ अर्मलाका विभिन्न किराना पसलहरुमा नक्कली पैसा दिएर रिचार्ज कार्ड लगायतका अन्य सामाग्री लिएर फरार भएको सूचना पाएपछि प्रहरीले पक्राउ गरी थप आवस्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्र गुरुङले बताए ।

‘नक्कली नोटको कारोवार गरेको आरोपमा पक्राउगरी प्रहरीले आवस्यक अनुसन्धान गर्दै छ’ उनले भने। ‘अनुसन्धान सकिएपछि पछि वास्तविकता सार्वजनिक गछौं,’ गुरुङले भने ।
ग १४ प ३५४ नम्बरको डुक मोटरसाईकलसहित अर्मला पुगेका उनीहरुले १ हजारका नक्कली नोट दिएर रिचार्ज कार्ड खरिद गरेका थिए ।

प्रहरीले मकवानपुर हेटौंडा घर भई हाल पोखरा महानगरपालिका–५ पर्स्याङस्थित धारामार्गमा डेरा गरी बस्ने ३२ बर्षका नरेश लामा र निजकी श्रीमती वर्ष २५ की सरस्वती बलामीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट १ हजारका १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने १ थान कलर प्रिण्टर, एनटिसी र एनसिएलका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com