चर्चित गायक सोनु निगम बिरामी, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

नेपाल आएका चर्चित गायक सोनु निगम बिरामी भएका छन्। पोखरामा रहेका उनको ढाडको मांशपेसीमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल काठमाडौं ल्याइएको छ।
गायक निगमको डा पंकज जलान र डा प्रवीण नेपालको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ। अस्पताल स्रोतका अनुसार गायक निगमलाई अस्पतालको ५ सय १ नम्बर बेडमा राखेर उपचार भइरहेको छ।