छोरी बलात्कार गरेको आरोपमा प्रहरी नै थुनामा


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

नौ वर्षको छोरीलाई बलात्कार गरेको आरोपमा एक पूर्वहवल्दार प्रक्राउ परेका छन् । उनी प्रहरीका भगौडा हुन् । गोदावरी नगरपालिका–४ बडिखेलका उनले शुक्रबार राती अप्राकृतिक मैथुन गर्दा छोरीको यौनाङ्गमा चोट लागेको थियो ।

उनका भतिजले घटनाबारे उजुरी दिएका थिए । घटना अनुसन्धानका लागि एक हप्ताको म्याद थप गरिएको महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख गौतम मिश्रले बताए । ‘अभियुक्तले मातेका बेला यस्तो कार्य गरेको भनेका छन्,’ उनले भने । , अन्नपूर्ण पोस्टमा समाचार छ ।

श्रीमती माइत गएका बेला अभियुक्त छोरीमाथि जाइलागेका थिए । नाबालिकाले पेट दुखेको भनेपछि आइतबार स्वास्थ्य चौकीमा लगिएको थियो । उनको यौनाङ्गबाट रगत बगेको र चोट लागेको देखिएपछि पाटन अस्पताल पठाइएको थियो । स्वास्थ्य चौकीमा बालिकाले बाबुले यस्तो अवस्था बनाएको बताएकी थिइन् । बालिकाकी आमा सोमबार नै पोखराबाट काठमाडौं आइपुगेकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com