कहाँ गायब भए २ हजार ३ सय सीमास्तम्भ ?


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

नेपाल–भारत सीमा क्षेत्रका तीन गुणभन्दा बढी सीमास्तम्भ हराएका छन् । ८ हजार ५ सय ५४ सीमास्तम्भ मध्ये २ हजार ३ सय ४४ वटा हराएको नापी विभागले जनाएको छ ।

हाल नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमास्तम्भहरुको खोजतलास जारी राखेकाे विभागले स्पष्ट पारेको छ । कुल सीमास्तम्भमध्ये ४ सय ५६ वटा मात्र राम्रा अवस्थामा छन् । १ हजार ५ सय ५६ वटा सीमास्तम्भ पूर्ण क्षतिग्रस्त अवस्थामा रहेका छन् । २ हजार ८८९ वटा भने सामान्य क्षति भएको अवस्थमा पाइएको छ ।

वर्षायाममा खोलामा पानीको वहाब बढ्दा सीमास्तम्भ भत्किएर जाने र निर्माण भने तत्काल हुने नगरेको पाइएको छ । कतिपय सीमास्तम्भ भने भारतले भौतिक पूर्वाधार निर्माण गर्नेक्रममा ध्यान नदिई भत्काइदिएको गुनासोसमेत स्थानीयले गरेका छन् । सीमास्तम्भ निर्माणका लागि दुवै मुलुकले सन् १९१८ देखि संयुक्त कार्य गरे पनि विवाद समाधान हुन सकेको छैन । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com