बोल्न नसक्ने ११ वर्षीया बालिका सामूहिक बलात्कारपछि ज्युँदै जलाएको पुष्टि
प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

धनुषामा गत बुधबार गाउँमै बिहेभोज खान गएकी बोल्न नसक्ने बालिका मृत अवस्थमा भेटिएकी थिइन् । उनको शव दोस्रो दिन शरिर आधा जलेको अवस्थामा फेला परेको थियो ।
उनीमाथि सामूहिक बलात्कार भएको र त्यसपछि हत्या भएको पुष्टि भएको छ।जिल्लाको मिथिला नगरपालिका–३ हरिहरपुरका नारायण रैसेलीकी ११ वर्षीया छोरी दुतिया रैसेलीको शव घर नजिकैको झाडीमा फेला परेको थियो।
शंकास्पद मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार गरेर जिउँदै जलाइएको पाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा केही व्यक्ति पक्राउ परिसकेको उनीहरुलाई अहिले सार्वजनिक गरिएको छैन् । अनुसन्धान पुरा भएपछि १/२ दिनमै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।