पानीजहाज कार्यालयमा कर्मचारी छैनन्


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिनुभएको थियो ।

तर, त्यसअनुरुप नभएपछि उहाँको अभिव्यक्तिको तीव्र आलोचना हुन थाल्यो । ‘पानीजहाजको टिकट कहाँ, कहिले काट्न पाइन्छ’ भन्नेको लर्को सामाजिक सञ्जालमा बेस्सरी देखियो ।

यसैलाई चिर्न सरकारले हतार गरेर एकान्तकुनामा रहेको काठमाडौँ रिङरोड योजनाको कार्यालयमा फागुन २ गते प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालयको उद्घाटन गर्नुभयो तर कार्यालयलाई चाहिने कर्मचारी भने अझै पूरा गर्न सकेको छैन ।

सरकारले उक्त पानीजहाज कार्यालयमा एक जना इन्जिनियरिङ सेवामा कार्यरत रजिस्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहने गरी १६ जना कर्मचारीको दरबन्दी तोकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com