अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई ठूलो सफलता !


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

भारतमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोब २०१९’मा नेपालले ठूलो सफलता हात पारेको छ । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपुर्ण उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् ।

नयाँ दिल्लीमा केही दिन अगाडि सम्पन्न प्रतियोगिता नेपाल, भारत, चीन, बंगलादेश लगायत १६ देशका सुन्दरीहरु सहभागी थिए । नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोषाक समेत प्रस्तुत गरेकी अदितिले प्रतियोगिताबाट आफुले धेरै कुरा सिक्न मिलेको बताइन् ।

१८ बर्षीया अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’ की बिजेता हुन् । अदितिको सफलतामा राष्ट्रले गौरव गर्नुपर्ने नेक्स्ट मोडल नेपालका सिइयो रवि धमलाले बताए । युवायुवतीलाई फेशन उद्योगमा आउन यो सफलताले प्रेरणा मिल्ने उनको भनाइ रहेको छ । प्रतियोगीतामा शीर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com