नयाँ शक्तिका प्रदेश सभा सदस्य र गाउँपालिका प्रमुख कांग्रेसमा प्रवेश गर्दै, रसुवामा देउवाले स्वागत गर्ने


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

रसुवाबाट निर्वाचित प्रदेश सभा सांसद प्रेम तामाङ र आमा छोदिङमा गाउँपालिकाका प्रमुख बुचुङ तामाङ कांग्रेसमा प्रवेश गर्ने भएका छन्। दुवैजना गएको निर्वाचनमा नयाँ शक्तिबाट निर्वाचित भएका हुन्।

फागुन १३ गते जिल्लाको कालिकास्थानमा हुने कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गर्ने कांग्रेसबाट निर्वाचित प्रदेश सांसद प्रभात तामाङले जानकारी दिए।

कार्यक्रमलाई पार्टी सभापति शेरबहादुर देउवा सहमहामन्त्री डा प्रकाशशरण महत, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, जिल्लाका सांसद मोहन आचार्य, सांसदहरु गगन थापा, बहादुरसिंह लामालगायतले कार्यक्रममा सम्बोधन गर्ने उनले जानकारी दिए।

रसुवामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल गरेको थियो। प्रतिनिधि सभामा कांग्रेसबाट मोहन आचार्य विजयी थिए भने प्रदेशमा नयाँ शक्तिका तामाङ र कांग्रेसका लामाले निर्वाचित भएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com